Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

टर्की भूकम्प : १३ दिनपछि जीवितै उद्धार


सारांश

टर्की भूकम्प : १३ दिनपछि जीवितै उद्धार
images

एजेन्सी। विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गर्न सफल भएका छन् । 

गत फेब्रुअरी ६ मा ७.८ म्याग्निच्युडको भूकम्पले दक्षिणपूर्वी टर्की र सिरियामा ४३ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ भने लाखौं मानिस सुरक्षित आवासविहीन भएका छन् ।
 
चिसो मौसममा यति लामो समयसम्म भग्नावशेषमुनि अड्किए पनि टोलीहरूले हप्ताभरि नै जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij