सारांश
एजेन्सी । टर्की र छिमेकी सिरियामा गएको माघ २३ गतेको भूकम्पमा परी ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । हजारौँ घाइते भएका छन् ।
टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट १० वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।
टर्कीमा तीन लाख ४५ हजार भवन भत्किएका छन् । भग्नावशेषमा धेरै हराइरहेका छन् ।