Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

समस्याग्रस्त सहकारीका बचत जेठदेखि फिर्ता गरिने


सारांश

समस्याग्रस्त सहकारीका बचत जेठदेखि फिर्ता गरिने
images

काठमाडौं । समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठको पहिलो साताबाट फिर्ता सुरु हुने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कार्ययोजना सार्वजनिक गर्दै माग दाबी गरेका बचतकर्तालाई प्राथमिकता दिने जनाएको छ ।

माग दाबी छुटेकालाई साउनको पहिलो साता पुनः मौका दिइनेछ । कर्जा असुलीमा भने कडाइ गरिने, नतिर्ने ऋणीको नाम सार्वजनिक र कालोसूचीमा राखिने चेतावनी दिइएको छ ।

हाल करिब ७६ हजार बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij