Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

हलमा भिडे एकसाथ तीन चलचित्र, ‘लालीबजार’लाई धेरै शो


सारांश

हलमा भिडे एकसाथ तीन चलचित्र, ‘लालीबजार’लाई धेरै शो
images

हलमा भिडे तीन नेपाली फिल्म, ‘लालीबजार’लाई सबैभन्दा धेरै शो

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । ‘लालीबजार’, ‘मालतीको मंगले’ र ‘गुरुआमा’ आजदेखि देशभर प्रदर्शनमा आएका हुन् ।

स्वस्तिमा खड्का अभिनित ‘लालीबजार’ अदालतमा परेको रिटका कारण वैशाखमै रिलिज हुन नसकेपछि ढिलो गरी प्रदर्शनमा आएको हो । यम थापाले निर्देशन गरेको यो चलचित्र बादी समुदायको कथामा आधारित छ ।

त्यस्तै विजय बराल र वर्षा राउत मुख्य भूमिकामा रहेको ‘मालतीको मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गरेका छन् । चलचित्रमा रामकृष्ण ढकाल निर्माता रहेका छन् ।

मिथिला शर्मा र बुद्धि तामाङ अभिनित ‘गुरुआमा’ पनि आजैबाट प्रदर्शनमा आएको छ । यसलाई प्रेम सोनी सुनारले निर्देशन गरेका हुन् ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा भने सबैभन्दा धेरै शो ‘लालीबजार’ले पाएको छ । त्यसपछि ‘मालतीको मंगले’ र ‘गुरुआमा’ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij