Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आइसल्याण्डमा प्रिमियरसँगै छोटो चलचित्र ‘जाली भान्जा’ सार्वजनिक


सारांश

आइसल्याण्डमा प्रिमियरसँगै छोटो चलचित्र ‘जाली भान्जा’ सार्वजनिक
images

रेक्याभिक आइसल्याण्ड । प्रसुन फिल्म्सको प्रस्तुति रहेको छोटो चलचित्र “जाली भान्जा” युट्युबमार्फत सार्वजनिक गरिएको छ। युट्युबमा सार्वजनिक गर्नु अघि उक्त चलचित्र आइसल्याण्डस्थित नेपाली समुदायका बीच विशेष प्रिमियर कार्यक्रममार्फत प्रदर्शन गरिएको थियो।

प्रिमियरमा सहभागी दर्शकहरूले चलचित्रको कथा, प्रस्तुति तथा मनोरञ्जन पक्षको प्रशंसा गर्दै छोटो चलचित्र निकै राम्रो लागेको प्रतिक्रिया दिएका थिए। साथै चलचित्रमा देखाइएको नेपालको टिपिकल गाउँघरको परिवेशले आफूहरूलाई आफ्नै गाउँघर पुगेको अनुभूति भएको प्रतिक्रिया समेत दर्शकहरूले दिएका थिए। दर्शकहरूको सकारात्मक प्रतिक्रियाले निर्माण टिम उत्साहित बनेको छ।

निर्देशक प्रकाश तिवारी पिकेले “जाली भान्जा” मुख्य रूपमा गाउँघरको परिवेश, सोझोपन, सम्बन्ध र मान्छेको व्यवहारलाई हल्का व्यंग्यात्मक तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छोटो चलचित्र हो। चलचित्रमा एउटा चलाख भान्जा र सोझो मामाको यात्रामार्फत विश्वास, छलकपट र मानवीय स्वभावलाई देखाउने प्रयास गरिएको छ।

चलचित्रमा निर्देशक तिवारी सहित सबिन बास्तोला ‘गिरधारी’, सुनिल बास्तोला, रुद्रप्रसाद बास्तोला लगायतले अभिनय रहेको छ।

प्रसुन फिल्म्सद्वारा निर्माण गरिएको उक्त छोटो चलचित्रको प्रिमियर कार्यक्रममा दर्शकहरूसँग प्रतिक्रिया लिने क्रममा निर्माताद्वय प्रमोद अधिकारी तथा सुलोचना दुवाडी ले आगामी दिनमा पनि चलचित्र निर्माणलाई निरन्तरता दिने बताएका थिए।

चलचित्रको छायांकन मरुभूमि नारायणले गरेका हुन् भने पोस्ट-प्रोडक्सनको काम पेन सिजर्स एण्ड रेण्डर्स स्टुडियोमा सम्पादक गौतम राज खड्काले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij