काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोली ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली सँग घरेलु मैदानमा पहिलो हार बेहोरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा भएको खेलमा नेपाल डीएल मेथडमा २ रनले पराजित भयो।
स्कटल्यान्डले दिएको २४४ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि वर्षाले खेल प्रभावित बनेपछि ३९ ओभरमा २२१ रनको नयाँ लक्ष्य निर्धारण गरिएको थियो। नेपालले ३९ ओभरमा ७ विकेट गुमाउँदै २१८ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि गुल्सन झा ले सर्वाधिक ६१ रन बनाए। उनले ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरी ले ५५ रन बनाउँदै एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो आठौँ अर्धशतक पूरा गरे। कप्तान रोहित पौडेल ले ३२ रन जोड्दा आशिफ शेख ले २१ रन बनाए।
यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो। स्कटल्यान्डका ओपनर जर्ज मुन्से ले ७५ रनको योगदान दिए।
नेपालका लागि सन्दीप लामिछाने ले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले १० ओभरमा ४१ रन खर्चिँदै एक मेडनसमेत राखे। नन्दन यादव र करण केसी ले समान २–२ विकेट लिए।
यस हारसँगै नेपाल २५ खेलबाट १८ अंकसहित लिग–२ अंक तालिकाको सातौँ स्थानमै कायम छ। शीर्ष ६ मा रहँदै एकदिवसीय मान्यता जोगाउन र शीर्ष ४ मा पुगेर विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी खेलमा राम्रो नतिजा आवश्यक रहेको छ।