Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

कुशलको शतकमा नेपालद्वारा अमेरिकामाथि सानदार जीत


सारांश

कुशलको शतकमा नेपालद्वारा अमेरिकामाथि सानदार जीत
images

काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले अविजित १२० रनको शानदार शतकीय पारी खेले । आसिफ शेखले ५८ रन बनाए भने डेब्यु खेल खेलेका ईशान पाण्डे २० रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रनमा अलआउट भएको थियो । अमेरिकाका लागि स्मित पटेलले ८३ र साई तेजा मुक्कामल्लाले ५० रन बनाए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे । सन्दीप लामिछाने र गुलशन झाले समान १–१ विकेट लिए ।

यसअघि पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको थियो ।

 

 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij