सारांश
काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाएका छन् ।
स्कटल्यान्डविरुद्ध जारी खेलमा २ विकेट लिँदै उनले यो उपलब्धि हासिल गरेका हुन् । उनले ब्रान्डन म्याकमुलनलाई आउट गर्दै १५० विकेटको माइलस्टोन पूरा गरेका थिए ।
सन्दीपले ७३ खेलमै १५० विकेट पूरा गरेका छन् । यसअघि यो कीर्तिमान अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो, जसले ७७ खेलमा सो उपलब्धि हासिल गरेका थिए ।
यससँगै सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने बलर बनेका छन् ।