Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

उपत्यकाका नदी तथा खोलाको किनारामा पुरानै मापदण्ड कायम


सारांश

उपत्यकाका नदी तथा खोलाको किनारामा पुरानै मापदण्ड कायम
images

काठमाडौं। काठमाडौं उपत्यकाका नदी तथा खोलाको किनारामा निर्माण अनुमति सम्बन्धी मापदण्डबारे सर्वोच्च अदालत ले पुरानै व्यवस्था कायम गरेको छ ।

न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौला को पूर्ण इजलासले २०६५ मंसिर १ गते तय गरिएको मापदण्डअनुसार नै निर्माण गर्न पाउने आदेश दिएको हो ।

आदेशअनुसार अब बागमती नदी, विष्णुमती नदी र मनोहरा नदी किनारामा २० मिटर खाली छाडेर निर्माण गर्न पाइनेछ ।

त्यस्तै, धोबीखोला मा आयोजना लागू भएको क्षेत्रमा परियोजनाको प्लानिङअनुसार निर्माण गर्न सकिनेछ भने प्लानिङ नभएको क्षेत्रमा ९ मिटर खाली राख्नुपर्नेछ ।

नख्खु खोला मा १२ मिटर, बल्खु खोला, कर्मनासा खोला, कोइके खोला, साले खोला र महादेव खोला मा १० मिटर, करखुसी खोला मा ६ मिटर तथा टुकुचा खोला, सामाखुसी खोला लगायत अन्य खोलामा ४ मिटर छाड्नुपर्ने व्यवस्था कायम गरिएको छ ।

साथै अदालतले कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न नपाइने स्पष्ट आदेशसमेत दिएको छ ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij