Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आईपीएलको लिग चरण समाप्त : दिल्लीको सान्त्वना जित, कोलकातालाई ४० रनले पराजित


सारांश

आईपीएलको लिग चरण समाप्त : दिल्लीको सान्त्वना जित, कोलकातालाई ४० रनले पराजित
images

काठमाडौं । दिल्ली क्यापिटल्सले कोलकाता नाइटराइडर्सलाई ४० रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)को लिग चरणको अन्तिम खेल आफ्नो पक्षमा पारेको छ । तर, यो जितले पनि दिल्लीलाई प्लेअफ पुग्न भने पर्याप्त भएन ।

इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । टोलीका लागि KL Rahul ले ६० रनको अर्धशतकीय पारी खेले ।

जितका लागि २ सय ४ रनको लक्ष्य पछ्याएको कोलकाताले सुरुदेखि नै लय समात्न सकेन । लगातार विकेट गुमाएको कोलकाता १८ दशमलव ४ ओभरमा १ सय ६३ रनमै समेटियो ।

यस खेलसँगै आईपीएल २०२६ को लिग चरणका सबै खेल समाप्त भएका छन् । अब प्रतियोगिता प्लेअफ चरणमा प्रवेश गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij