Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कान्सबाट फर्किएको ‘एलिफेन्ट्स इन द फग’ लाई एयरपोर्टमा गरियो स्वागत


सारांश

कान्सबाट फर्किएको ‘एलिफेन्ट्स इन द फग’ लाई एयरपोर्टमा गरियो स्वागत
images

काठमाडौं । कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फ जुरी प्राइज जितेर इतिहास रचेको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग को टिम स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा लामालाई नौमती बाजा र फूलमालासहित स्वागत गरियो।

सरकारी मन्त्रीहरू, चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड तथा चलचित्रकर्मीहरूको उपस्थितिमा स्वागत तथा पत्रकार सम्मेलन गरिएको थियो। सरोकारवालाहरूले यस उपलब्धिलाई नेपालको चलचित्र क्षेत्रका लागि ऐतिहासिक भन्दै राष्ट्रको छवि अन्तर्राष्ट्रिय रूपमा उचो भएको प्रतिक्रिया दिए।

फिल्मले जंगली हात्तीको आतंकले प्रभावित बस्तीमा बसोबास गर्ने यौनिक तथा अल्पसंख्यक समुदायको संवेदनशील कथा प्रस्तुत गर्छ। चलचित्र विकास बोर्डले सम्मानस्वरूप आर्थिक पुरस्कार दिने र सरकारले चाँडै औपचारिक सम्मान कार्यक्रम गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij