सारांश
एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू निरन्तर युक्रेनको साथमा रहेको बताएका छन् ।
युद्ध सुरु भएको एक वर्ष पुग्नै लाग्दा अचानक युक्रेन झरेका बाइडेनले युक्रेनलाई अमेरिकाको बलियो साथमा रहिरहने बताएका छन् ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनका क्रममा बाइडेनले युक्रेनलाई थप ५०० मिलियन डलर बराबरको सैन्य सहयोग गर्ने घोषणा गरेका छन् ।
उनले युक्रेनसँगको युद्धमा रुस असफल भइरहेको पनि दाबी गरेका छन् ।
।