काठमाडौं । सरकारले भारतबाट नेपाल आउँदा ल्याउन पाउने सामानको भन्सार छुट सीमा बढाएर ५ सय रुपैयाँ पुर्याएको छ। यसअघि १ सय रुपैयाँभन्दा बढीका सामानमा भन्सार लाग्ने व्यवस्था थियो।
नयाँ व्यवस्थाअनुसार विद्यार्थीले ल्याउने एक थान ल्यापटप, ट्याबलेट वा कम्प्युटरमा भन्सार नलाग्नेछ। साथै व्यक्तिगत प्रयोगका लुगाफाटा, मोबाइल, घडी, क्यामेरा लगायतका सामानमा पनि छुट सुविधा कायम गरिएको छ।
सरकारले विदेशबाट ल्याइने विभिन्न वस्तु र यात्रु सुविधासम्बन्धी सूचीसमेत अद्यावधिक गरेको अर्थ मन्त्रालयले जनाएको छ।