काठमाडौं । फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण नेपालमा गर्ने डिजिटल स्ट्रिमिङ प्लेटफर्म डिगोले फुटबल समर्थकका लागि विशेष ‘मोबाइल पास’ सार्वजनिक गरेको छ।
डिगोले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार दर्शकले अब केवल ५४९ रुपैयाँमा आफ्नो मोबाइलबाट विश्वकपका सबै १०४ खेल प्रत्यक्ष हेर्न सक्नेछन्। कम्पनीका अनुसार प्रतियोगिताका खेलहरू नेपाली कमेन्ट्रीसहित फुल एचडी गुणस्तरमा उपलब्ध हुनेछन्।
डिगोले ‘मोबाइल–ओनली पास’मार्फत प्रयोगकर्तालाई सहज रूपमा सेवा उपलब्ध गराउने जनाएको छ। दर्शकले डीगोओ एपमार्फत केही क्लिकमै पास खरिद गरी विश्वकपका खेलहरू हेर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीको दाबी छ।
प्लेटफर्मले नेपाली र अंग्रेजी दुवै भाषामा कमेन्ट्रीको विकल्प उपलब्ध गराउने जनाएको छ। साथै, कम मूल्यमा सम्पूर्ण प्रतियोगिता हेर्न सकिने भएकाले फुटबल समर्थकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
डिगोले नेपाली दर्शकलाई सहज, सुरक्षित र आधिकारिक माध्यमबाट विश्वकपको रोमाञ्चक अनुभव दिलाउने लक्ष्यका साथ यो योजना ल्याइएको बताएको छ।
कम्पनीले अनधिकृत स्ट्रिमिङ र शंकास्पद लिंकबाट सावधान रहन पनि आग्रह गरेको छ। आधिकारिक प्लेटफर्ममार्फत मात्र खेल हेर्नाले सुरक्षित र गुणस्तरीय सेवा प्राप्त हुने डिगोको भनाइ छ।