Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

फिफा विश्वकप २०२६ : जापानले नेदरल्यान्ड्ससँग बराबरी खेल्यो


सारांश

फिफा विश्वकप २०२६ : जापानले नेदरल्यान्ड्ससँग बराबरी खेल्यो
images

काठमाडौं । टेक्ससमा आइतबार भएको फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’को खेलमा जापानले नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५१औँ मिनेटमा कप्तान भर्जिल भान डाइकको हेडरमार्फत नेदरल्यान्ड्सले अग्रता लिएको थियो। तर ५७औँ मिनेटमा केइतो नाकामुराले गोल गर्दै जापानलाई खेलमा फर्काए।

६४औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै डच टोलीलाई पुनः अग्रता दिलाए पनि ८८औँ मिनेटमा डैची कमदाले बराबरी गोल गरेपछि जापानले महत्वपूर्ण एक अंक सुरक्षित गर्‍यो।

तीन पटकको विश्वकप उपविजेता नेदरल्यान्ड्स जित नजिक पुगेर पनि रोकिँदा जापानले उत्कृष्ट पुनरागमन प्रदर्शन गरेको हो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij