Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

प्रदेशहरूले सार्वजनिक गरे आगामी वर्षको बजेट, वाग्मतीको सबैभन्दा ठूलो


सारांश

प्रदेशहरूले सार्वजनिक गरे आगामी वर्षको बजेट, वाग्मतीको सबैभन्दा ठूलो
images

काठमाडौं । सातै प्रदेशले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । अधिकांश प्रदेशले समयमै बजेट ल्याए पनि सुदूरपश्चिम प्रदेशले भने राति अबेर बजेट प्रस्तुत गरेको हो ।

प्रदेशसभामा सत्तापक्ष–प्रतिपक्षबीचको विवादका कारण सुदूरपश्चिमको बैठक ढिलो बसेको थियो । प्रतिपक्षले बहिस्कार गरे पनि आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट प्रस्तुत गरेका हुन् ।

बजेट आकारका हिसाबले वाग्मती प्रदेश सबैभन्दा अगाडि देखिएको छ भने गण्डकी प्रदेश सबैभन्दा सानो बजेटसहित प्रस्तुत भएको छ ।

प्रदेशगत बजेट विवरण:प्रदेशहरूले सार्वजनिक गरे आगामी वर्षका बजेट, वाग्मतीको सबैभन्दा ठूलो

  • वाग्मती: ६६.९३ अर्ब (सबैभन्दा ठूलो)
  • मधेस: ४१.१३ अर्ब
  • कोसी: ४०.४४ अर्ब
  • लुम्बिनी: ३७.३८ अर्ब
  • सुदूरपश्चिम: ३७.७० अर्ब
  • कर्णाली: ३५.३९ अर्ब
  • गण्डकी: ३२.९९ अर्ब (सबैभन्दा सानो)

प्रदेशहरूले पूर्वाधार, कृषि, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij