Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात


सारांश

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
images

काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ मा शानदार सुरुवात गरेको छ।

अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै समूह ‘जे’ मा पहिलो जित दर्ता गर्‍यो।

छैटौं पटक विश्वकप खेल्दै कीर्तिमान बनाएका मेस्सीले १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे।

यससँगै मेस्सीले विश्वकपमा १६ गोल पुर्‍याउँदै जर्मनीका मिरोस्लाभ क्लोजको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन्।

सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेस्सीले अल्जेरियाविरुद्ध मैदान उत्रँदै विश्वकपका छ संस्करण खेल्ने पहिलो खेलाडीको कीर्तिमानसमेत बनाए। यस्तै, उनले विश्वकप इतिहासमा सर्वाधिक २७ खेल खेल्ने नयाँ उपलब्धि पनि कायम गरेका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij