गरिमा विकास बैंकको सफलता : वर्षकै उत्कृष्ट विकास बैंकको सम्मान
सारांश
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट २०२६’ मा विकास बैंकतर्फको प्रतिष्ठित ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएको छ।
कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित अवार्डको १८औँ संस्करणमा उत्कृष्ट कार्यसम्पादन, वित्तीय सेवा विस्तार तथा संस्थागत योगदानको मूल्यांकनका आधारमा गरिमा विकास बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले आयोजित समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यावसायिक संघ–संस्थाका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो।
बैंकले प्राप्त गरेको यो सम्मानले वित्तीय क्षेत्रप्रतिको प्रतिबद्धता, सेवा गुणस्तर र संस्थागत विश्वसनीयतालाई थप पुष्टि गरेको जनाएको छ।