Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको चमत्कार, उरुग्वेलाई बराबरीमा रोक्यो


सारांश

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको चमत्कार, उरुग्वेलाई बराबरीमा रोक्यो
images

काठमाडौं । विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै दुई पटकको पूर्वविजेता उरुग्वेलाई २-२ को बराबरीमा रोकेको छ।

समूह ‘एच’ अन्तर्गत सोमबार बिहान भएको खेलमा केप भर्डेले २१औँ मिनेटमा केभिन पिनाको शानदार फ्रिकिक गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि उरुग्वेले म्याक्सी अराउजो र अगस्टिन कानोबियोको गोलमा पहिलो हाफमै २-१ को अग्रता बनायो।

दोस्रो हाफमा उरुग्वेको डिफेन्सको गल्तीको फाइदा उठाउँदै हेलियो वारेलाले गोल गरेपछि केप भर्डे खेलमा फर्कियो। अन्त्यतिर फेडरिको भाल्भर्डेको गोल VAR मार्फत अफसाइड ठहर भएपछि उरुग्वे जितबाट वञ्चित भयो।

बराबरीसँगै उरुग्वे र केप भर्डे दुवैले दुई खेलबाट २–२ अंक जोडेका छन्। समूह चरणको अन्तिम खेलमा केप भर्डेले साउदी अरेबिया र उरुग्वेले स्पेनसँग प्रतिस्पर्धा गर्नेछन्। दुवै टोलीका लागि नकआउट चरण प्रवेशको सम्भावना अन्तिम खेलमा निर्भर रहनेछ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij