Oct 30 2026 | २०८३, कात्तिक १४गते
काठमाडौं । गायिका अञ्जु पन्त की छोरी परितोषिका पन्तले चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन् ।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत उनले अभिनय यात्रा सुरु गर्न लागेकी हुन् ।
निर्माण पक्षका अनुसार परितोषिका पन्तसँगै लोकदोहोरी गायक पशुपति शर्मा पनि यही चलचित्रमार्फत अभिनयमा डेब्यु गर्दैछन् ।
अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने उक्त चलचित्र कमेडी जनरामा निर्माण हुने बताईएको छ ।
सम्झना मिडिया प्रा. लि. काठमाण्डौ नेपाल सम्पर्क : 9822513161 इमेल :. smedia5151@gmail.com
संचार रजिष्ट्रारको कार्यालय दर्ता नम्बर ००१५५ /२०७९-०८९