सारांश
एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँग बाँकी रहेको एउटा आणविक सन्धीमा रूस सहभागी नहुने बताएका छन्।
युक्रेनमाथि हमला गरेको एक वर्ष पुग्नु केही दिनअघि मस्कोमा रूसको संसदलाई सम्बोधन गर्दै पुटिनले युक्रेन युद्ध पश्चिमाहरूले सुरू गरेको आरोप लगाए।
सम्बोधनका क्रममा उनले अमेरिकासँग भएको स्ट्राटेजी आर्म्स रिडक्सन ट्रिटी निलम्बन भएको घोषणा गरेका हुन्। आणविक हतियारको नियन्त्रणका लागि वासिङ्टन र मस्कोबीच भएको यो सन्धी सन् २०२६ मा सकिनेवाला थियो।
एक घन्टा ४५ मिनेट लामो सम्बोधनका क्रममा पुटिनले उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) लाई रूसको सीमासम्म बिस्तार गरेर रूसलाई खत्तम पार्न खोजिएपछि युक्रेनमाथि आक्रमणको अवस्था बनेको बताए।