Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विश्वकपमा ब्राजिलको प्रभावशाली प्रदर्शन, स्कटल्यान्ड निराश


सारांश

विश्वकपमा ब्राजिलको प्रभावशाली प्रदर्शन, स्कटल्यान्ड निराश
images

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को महत्त्वपूर्ण खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै नकआउट चरण नजिक आफ्नो स्थान बलियो बनाएको छ । अमेरिकाको मायामीमा सम्पन्न खेलमा ब्राजिलले सुरुदेखि नै दबाब कायम राख्दै प्रभावशाली प्रदर्शन गरेको हो।

ब्राजिलको जितमा विनीसियस जुनियर चम्किए । उनले दुई गोल गर्दै टोलीको आक्रमणको नेतृत्व गरे भने माथिअस कुन्हाले एक गोल थपे ।

खेलको सातौँ मिनेटमै विनीसियसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को सहज अवस्थामा पुर्‍याए ।

दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो लय कायम राख्यो । खेलको ६०औँ मिनेटमा कुन्हाले गोल गरेपछि ब्राजिल ३–० ले अघि बढ्यो । बाँकी समयमा स्कटल्यान्डले फर्कने प्रयास गरे पनि ब्राजिलको संगठित रक्षापंक्ति तोड्न सकेन ।

यस जितसँगै ब्राजिलले समूह ‘सी’ बाट अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ । मोरक्को पनि सोही समूहबाट अर्को चरणमा पुगेको छ ।

यता, लगातार कमजोर नतिजापछि स्कटल्यान्डको नकआउट चरणमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij