Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

युस्ताकियोको अन्तिम क्षणको गोलले क्यानडा पहिलो पटक विश्वकपकोअन्तिम १६ मा


सारांश

युस्ताकियोको अन्तिम क्षणको गोलले क्यानडा पहिलो पटक विश्वकपकोअन्तिम १६ मा
images

काठमाडौं । सह–आयोजक क्यानडाले इन्ज्युरी समयमा कप्तान स्टेफन युस्ताकियोले गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले हराउँदै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ।

सोफी स्टेडियममा सम्पन्न अन्तिम ३२ को प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेनन्। खेल अतिरिक्त समयमा पुग्ने अनुमान भइरहेका बेला इन्ज्युरी समयको दोस्रो मिनेटमा युस्ताकियोले उत्कृष्ट गोल गर्दै क्यानडालाई ऐतिहासिक जित दिलाए।

यससँगै क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ भने दक्षिण अफ्रिकाको यात्रा नकआउट चरणमै टुंगिएको छ।

अब क्यानडाले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा नेदरल्यान्ड्स र मोरक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij