Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विश्वकप २०२६: क्वाटरफाइनलमा फ्रान्स–मोरक्कोको भिडन्त


सारांश

विश्वकप २०२६: क्वाटरफाइनलमा फ्रान्स–मोरक्कोको भिडन्त
images

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा फ्रान्स र मोरक्कोबीच रोमाञ्चक भिडन्त तय भएको छ। अन्तिम १६ का खेलमा प्रभावशाली जित निकाल्दै दुवै टोलीले अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन्।

मोरक्कोले सहआयोजक क्यानडालाई ३–० ले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गर्यो। यता फ्रान्सले कडा प्रतिस्पर्धात्मक खेलमा पाराग्वेलाई १–० ले हराउँदै अन्तिम आठमा स्थान बनायो।

अब सेमिफाइनल प्रवेशको लक्ष्यसहित उपाधि दाबेदार फ्रान्स र अफ्रिकी पावरहाउस मोरक्को आमनेसामने हुनेछन्। दुवै टोली उत्कृष्ट लयमा रहेकाले यो खेललाई क्वाटरफाइनलकै सबैभन्दा आकर्षक प्रतिस्पर्धामध्ये एक मानिएको छ।

फ्रान्स र मोरक्कोबीचको क्वाटरफाइनल खेल जुलाई ९ (बिहीबार) मा बोस्टन स्टेडियममा हुनेछ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij