Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पाँच पटकको विजेता ब्राजिललाई हराउँदै नर्वेले रच्यो इतिहास, हालान्ड बने नायक


सारांश

पाँच पटकको विजेता ब्राजिललाई हराउँदै नर्वेले रच्यो इतिहास, हालान्ड बने नायक
images

काठमाडौं । स्टार फरवार्ड एर्लिङ हालान्डको अन्तिम समयमा देखिएको उत्कृष्ट प्रदर्शनसँगै नर्वेले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

मेटलाइफ स्टेडियममा गएराति सम्पन्न रोमाञ्चक अन्तिम–१६ को खेलमा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनल यात्रा तय गर्‍यो। यस हारसँगै ब्राजिल सन् १९९० यता पहिलो पटक अन्तिम–१६ बाटै प्रतियोगिताबाट बाहिरिएको छ।

नर्वेको ऐतिहासिक जितका मुख्य पात्र गोलरक्षक ओर्यान निल्यान्ड र स्ट्राइकर एर्लिङ हालान्ड बने। पहिलो हाफमा निल्यान्डले ब्रुनो गुइमारेसको पेनाल्टी उत्कृष्ट रूपमा बचाउँदै टोलीलाई खेलमा कायम राखे। त्यसपछि खेल सकिन ११ मिनेट बाँकी रहँदा हालान्डले लगातार दुई गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाए। इन्जुरी समयको अन्तिम मिनेटमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि ब्राजिलको पुनरागमनका लागि त्यो पर्याप्त भएन।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij