काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपालको नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त निर्णय बैठकबाट अनुमोदन गरिएको हो।
कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्यरत थिए। अब उनी देशको निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिवको जिम्मेवारी सम्हाल्नेछन्।