काठमाडौं। साविक विजेता अर्जेन्टिनाले १० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अब अर्जेन्टिनाले अन्तिम चारमा इङ्ल्यान्डसँग भिड्नेछ।
शनिबार क्यान्सस सिटीमा भएको क्वाटरफाइनलमा अलेक्सिस म्याक एलिस्टरले १०औँ मिनेटमा मेसीको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। स्विट्जरल्यान्डका डान एन्डोले ६७औँ मिनेटमा बराबरी गोल फर्काए।
७२औँ मिनेटमा ब्रिल एम्बोलो भीएआर पुनरावलोकनपछि दोस्रो पहेँलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो।
निर्धारित समयमा नतिजा ननिस्किएपछि अतिरिक्त समयमा युलियन अल्भारेजले ११२औँ मिनेटमा शानदार गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। इन्जुरी समयमा लाउटारो मार्टिनेजले तेस्रो गोल थप्दै अर्जेन्टिनाको जित पक्का गरे।
अब अर्जेन्टिनाले बुधबार एटलान्टामा हुने सेमिफाइनलमा इङ्ल्यान्डसँग प्रतिसर्धा गर्नेछ भने अर्को सेमिफाइनलमा स्पेन र फ्रान्स आमनेसामने हुनेछन्।