Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

फिफा विश्वकप २०२६ : फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्ड सेमिफाइनलमा


सारांश

फिफा विश्वकप २०२६ : फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्ड सेमिफाइनलमा
images
काठमाडौं । फिफा विश्वकप २०२६ सेमिफाइनल चरणमा प्रवेश गरेको छ। अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको अन्तिम क्वाटरफाइनल खेल सकिएसँगै अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको हो।

यसपटक विशेष संयोग के रह्यो भने फिफा वरीयताका शीर्ष चार राष्ट्र—फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्ड—सबैले सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्।

वरीयतामा शीर्षस्थानमा रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै पहिलो सेमिफाइनल यात्रा तय गरेको थियो। त्यसपछि स्पेनले बेल्जियमलाई २–१ र इङ्ल्यान्डले नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरे।

शनिबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै सेमिफाइनल पुग्ने चौथो टोली बन्यो। अब सेमिफाइनलमा फ्रान्सले स्पेनसँग तथा अर्जेन्टिनाले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij