सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’-बिनाधितो १५ लाखसम्म ऋण
सारांश
काठमाडौं । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम (एमएसएमई)लाई वित्तीय पहुँच सहज बनाउन ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ योजना सञ्चालनमा ल्याएको छ।
यस योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिनाधितो, २५ लाख रुपैयाँसम्म आंशिक धितो र ५० लाख रुपैयाँसम्म पूर्ण धितोमा कर्जा लिन सक्नेछन्।
बैंकका अनुसार कर्जा मूल्यांकनलाई सहज र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ प्रणाली विकास गरिएको छ। यसले धितो मात्र नभई व्यवसायको अवस्था, अनुभव, नगद प्रवाह र उद्यमीको क्षमतासमेत मूल्यांकन गर्नेछ।
बैंकले यो योजनाले महिला उद्यमशीलता प्रवर्द्धनसँगै धितो अभावका कारण कर्जाबाट वञ्चित हुने अवस्थालाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।