Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

करोडौं समर्थकले पर्खिएको महामुकाबला : मेस्सी कि केन?


सारांश

करोडौं समर्थकले पर्खिएको महामुकाबला : मेस्सी कि केन?
images

काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा आज राति इङ्गल्याण्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन्। एटलान्टामा हुने खेल नेपाली समयअनुसार भोलि बिहान १२ः४५ बजे सुरु हुनेछ।

करिब २१ वर्षपछि विश्वकपमा एकअर्काविरुद्ध उत्रिन लागेका यी दुई टोलीमध्ये विजेता टोलीले फाइनलमा यसअघि नै स्थान बनाइसकेको स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

इङ्गल्याण्डका जुड बेलिङ्घम र ह्यारी केन उत्कृष्ट लयमा छन् भने एन्थोनी गोर्डनले पनि आक्रमणमा प्रभावशाली भूमिका निभाइरहेका छन्। यता अर्जेन्टिनाको आशा कप्तान लिओनेल मेसीमाथि टिकेको छ। प्रतियोगितामा सर्वाधिक ८ गोल गरेका मेसीलाई लाउतारो मार्टिनेजले साथ दिइरहेका छन्।

फाइनल प्रवेशको लक्ष्य बोकेका दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ, जहाँ विश्व फुटबलका केही ठूला स्टारहरूबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij