सारांश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले स्पट फिक्सिङको मुद्दामा तीनजनालाई धरौटीमा छाड्ने आदेश जारी गरेको छ ।
प्रतिवादी बनाइएका खेलाडीहरू नितेश गुप्ता, महबुब आलम र मोहम्म आदिल आलमलाई न्यायाधीश राजकुमार श्रेष्ठको एकल इजलासले बुधबार सो आदेश दिएको हो ।
इजलासले प्रतिव्यक्ति तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । प्रतिवादी बनाइएका नवीन कँडेल र रवि माझी भने फरार अभियुक्तकै रूपमा छन् ।