Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

अब २४ घण्टाभित्रै नयाँ स्मार्ट लाइसेन्स उपलब्ध गराइने


सारांश

अब २४ घण्टाभित्रै नयाँ स्मार्ट लाइसेन्स उपलब्ध गराइने
images

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ‘ब्याकलग’ अन्त्य भएको सरकारले जनाएको छ।

अब यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै नयाँ स्मार्ट लाइसेन्स छापेर उपलब्ध गराइने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार कुल २७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न भएको हो। पहिलो चरणमा १२ लाख र दोस्रो चरणमा १५ लाख लाइसेन्स छापिएको थियो।

हाल दैनिक तीन हजारदेखि पाँच हजार स्मार्ट लाइसेन्स २४ घण्टाभित्रै छापेर विभागलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij