सारांश
काठमाडौं । सुनसरीको देवानगन्जमा कर्फ्यू आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।
आइतबार राति भएको झडपपछि उत्पन्न तनावका कारण जिल्ला प्रशासन कार्यालयले देवानगन्जसहित आसपासका पाँच क्षेत्रमा कर्फ्यू जारी गरेको थियो। तर सोमबार मध्याह्नदेखि प्रदर्शनकारी कर्फ्यू तोडेर सडकमा उत्रिएका हुन्।
प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि सुरक्षा अवस्था जटिल बनेको भन्दै नेपाली सेना परिचालन गरिएको हो।
आइतबार राति देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको झडपमा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा थप नौ जना घाइते भएका छन्।