Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

फिफा प्रतिबन्धको ठूलो झट्का, साफ च्याम्पियनसिपको ड्रबाट नेपाल बाहिर


सारांश

फिफा प्रतिबन्धको ठूलो झट्का, साफ च्याम्पियनसिपको ड्रबाट नेपाल बाहिर
images
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ च्याम्पियनसिप २०२६ को समूह विभाजन सार्वजनिक गरेको छ। बंगलादेशमा आगामी नोभेम्बर ४ देखि १७ सम्म हुने प्रतियोगिताको ड्र शनिबार सार्वजनिक गरिएको हो।

ड्रमा दक्षिण एसियाका सातमध्ये छ टोली मात्र समावेश छन्। फिफाको निलम्बनमा रहेको नेपाल भने समूह विभाजनमा समावेश गरिएको छैन।

अखिल नेपाल फुटबल संघ (एन्फा) माथि फिफाले लगाएको निलम्बनका कारण नेपाल हाल प्रतियोगिताको कुनै पनि समूहमा छैन। यद्यपि, प्रतियोगिता सुरु हुनुअघि निलम्बन फुकुवा भए नेपाललाई समूह ‘ए’ मा राखिने साफले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij