Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

युक्रेनमा रुसी आक्रमणको एक वर्ष पुग्नुअघि स्पेनका प्रधानमन्त्री किभमा


सारांश

युक्रेनमा रुसी आक्रमणको एक वर्ष पुग्नुअघि स्पेनका प्रधानमन्त्री किभमा
images
 

एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनमा जारी रुसी आक्रमणको एक वर्ष पूरा हुनु एक दिनअघि आफ्नो समर्थन प्रदर्शन गर्न बिहीबार कीभको यात्रा गरेका छन् ।

‘युक्रेनमा युद्ध शुरु भएको आज एक वर्ष पूरा हुँदैछ,’ सान्चेजले युक्रेनको राजधानीमा ट्रेनबाट झरेको भिडियोसहित ट्वीट गरेका छन् ।

‘युरोपमा शान्ति नआएसम्म हामी युक्रेन र त्यहाँका जनताको साथमा उभिनेछौँ,’ उनले स्पेनिस भाषामा ट्वीट गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij