सारांश
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एनपीएल २०२६ को आधिकारिक मिति सार्वजनिक गर्दै प्रतियोगिता कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको हो ।
क्यान सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार एनपीएल २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना हुनेछ । प्रतियोगिताको तेस्रो संस्करणका लागि आवश्यक तयारी अघि बढाइएको क्यानले जनाएको छ ।
एनपीएलका लागि खेलाडी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ । अक्सनपछि फ्रेन्चाइज टोलीहरू अहिले विदेशी खेलाडी अनुबन्ध गर्ने तयारीमा जुटेका छन् ।
यससँगै एनपीएलको तेस्रो संस्करणलाई लिएर टोलीहरूको तयारीसमेत तीव्र हुँदै गएको छ ।