Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामा निर्विरोध निर्वाचित


सारांश

चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामा निर्विरोध निर्वाचित
images
काठमाडौं । चलचित्र प्राविधिकहरुको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामा निर्विरोध निर्वाचित भएका छन।
 
आज राजधानीमा आयोजित प्राविधिक संघको २०औं वार्षिक साधारणसभाबाट लामा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन। नवनिर्वाचित अध्यक्ष लामाको यो तेस्रो कार्यकाल हो।
त्यस्तै महासचिवमा युवराज कार्की र कोषाध्यक्षमा कृष्ण थापा पनि निर्विरोध निर्वाचित भएका छन।
 
त्यसैगरी उपाध्यक्षमा अर्जुन पोखरेल, दुर्गा पौडेल, यादव पौडेल र शालिकराम दुलाल, सचिवमा श्याम बराल र शाहिल खान, अनि ११ सदस्री पदमा ४० जनाले उम्मेदवारी दिएका छन । हामीले यो समाचार तयार पार्दासम्म यी पदहरुमा मतगणना भैरहेको छ ।
 
यसअघि आजै भएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफू नेपाली चलचित्रको पारखी भएको उल्लेख गर्दै नेपाली चलचित्रको श्रीवृदिमा कृयाशील विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका थिए ।
 
बलिउडबाट सोनपरी देखि द कसिनो हुँदै उचाई चलचित्र सम्म पटक पटक करीब आधा दर्जन चलचित्रको नेपालमा ल्याएर छायांकन गरी नेपाली प्राविधिकहरुलाई काम गर्ने अवसर दिएकोमा नेपालका छोरा बलिउड फिल्म इन्ड्ष्ट्रीका कार्यकारी निर्माता पोमलाल (दीपक) पन्थलाई सम्मान गरिएको थियो।
333012290_619183423373601_432444548459779598_n.jpg
सोही अवसरमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल देखि आइडियल डिजाईनर्स का सुन्दर श्रेष्ठ, गायक युवराज चौलागाईं, नायिका जेविका कार्की हुँदै सन्चारकर्मी एवं गीतकार दयाराम पाण्डेयलाई उहाँहरुले गर्नुभएको उच्च योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
 
कार्यक्रममा संघका संरक्षक वसुन्धरा भुषाल, भ्याली एस एस पी दानबहादुर कार्की, चलचित्र विकास बोर्डका पूर्व अध्यक्षद्वय राजकुमार राई र दयाराम दाहाल, निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, सामजिक सुरक्षा कोषका निर्देशक कृष्ण अधिकारीले वार्षिक साधारण सभाको सफलताको शुभेच्छा प्रकट गरेका थिए ।
332910772_894170088495680_9095014191691654457_n (1).jpg
कार्यक्रममा ११औं नेफ्टा अवार्डका आयोजक विनोद पछाई र ओम आचार्यको पनि उपस्थिति रहेको थियो।
 
बन्दसत्रमा संस्था नविकरण र विधान संसोधनका विषयमा केहीबेर चर्काचर्की भएर माहोल निकै तातेको थियो।
 
 
 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij