Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रोनाल्डो र जर्जिनाले गरे विवाह, दशक लामो प्रेम विवाहमा परिणत


सारांश

रोनाल्डो र जर्जिनाले गरे विवाह, दशक लामो प्रेम विवाहमा परिणत
images

काठमाडौं । पोर्चुगलका चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका तथा मोडल–इन्फ्लुएन्सर जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। उनीहरूले पोर्चुगलमा स्थानीय परम्पराअनुसार विवाह गरेका हुन्।

विवाहपछि रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाहको औँठी लगाएको हात देखिने तस्वीर सार्वजनिक गरेका छन्। उक्त तस्वीरले छोटो समयमै ठूलो चर्चा पाएको छ। 

पोर्चुगिज सञ्चारमाध्यमका अनुसार रोनाल्डो र जर्जिनाले ११ अगस्टमा लिस्बननजिकैको समुद्री तटीय सहर कास्काइसमा विवाह गरेका हुन्। समारोहमा उनीहरूका पाँच सन्तानसमेत सहभागी भएका थिए।

रोनाल्डो र जर्जिना करिब एक दशकदेखि प्रेम सम्बन्धमा थिए। उनीहरूको पहिलो भेट स्पेनको म्याड्रिडस्थित गुच्चीको एक स्टोरमा भएको थियो। त्यतिबेला जर्जिना सोही स्टोरमा कार्यरत थिइन् भने रोनाल्डो रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका थिए।

गत वर्ष ११ अगस्टमै दुवैले इन्गेजमेन्टको घोषणा गरेका थिए।

 
 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij