Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रसुवा बाढी : उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल


सारांश

रसुवा बाढी : उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
images

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा छिरेको बाढीको जोखिम कम गर्न सरकारले भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन सरकारले अपील गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक विशेष विज्ञप्ति जारी गर्दै अर्को सूचना नआउँदासम्म यी नदीका तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट बच्न आग्रह गरेको हो ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij