Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रसुवा बाढीको भयावह तथ्य : १३४२ को मृत्यु, ५ हजार बेपत्ता


सारांश

रसुवा बाढीको भयावह तथ्य : १३४२ को मृत्यु, ५ हजार बेपत्ता
images

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि ४९९६ अझै बेपत्ता छन्। उद्धारका क्रममा हालसम्म १३३९१ जनालाई सुरक्षित स्थानमा ल्याइएको छ।

रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६२७ जना आश्रय लिएर बसेका छन्। प्रारम्भिक विवरणअनुसार बाढीले ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने ३२ हजार ९३३ जना प्रत्यक्ष प्रभावित भएका छन्।

बाढीबाट ४८ सरकारी भवन, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा क्षति पुगेको छ। सडकतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।

बाढीले १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा क्षति पुर्‍याउँदा करिब ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने प्रारम्भिक अनुमान गरिएको छ।

यस्तै, ३ जलविद्युत् आयोजना, १ सोलार प्लान्ट तथा २ प्रसारण लाइनमा क्षति पुगेपछि ७८३ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij