Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

बडादसैँ सुरु, आज घटस्थापना


सारांश

बडादसैँ सुरु, आज घटस्थापना
images

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राखिँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ। घटस्थापनाका दिन पूजा कोठा वा दशैं घरमा बालुवा अथवा माटो राखेर जौ छरिन्छ। विधिपूर्वक राखिएको जमरा विजया दशमीका दिन टीकासँगै ग्रहण गरिन्छ। शास्त्रीय विधिअनुसार जमरामा जौबाहेक अन्य अन्न रोप्ने चलन छैन।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ। यस अवधिमा दुर्गा देवीका नौ स्वरूपको पूजा आराधना गरिन्छ। सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा विशेष पूजा गरिन्छ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडादशैंमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ।

यस वर्षको विजया दशमीको टीका कात्तिक ४ गते परेको छ। समितिले टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटलाई निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij