सारांश
काठमाडौँँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन धादिङको धादिङबेसीमा शुक्रबारबाट सुरु भएको छ ।
महाधिवेशन आगामी तीन वर्षका लागि कार्यसमितिको नेतृत्व चयनको मुख्य उद्देश्य सहित सुरु भएको हो ।
महाधिवेशनमा संस्थाको आगामी कार्यकालका लागि अध्यक्षमा गायिका रिता थापा मगर र गायक पशुपति शर्मा अध्यक्षका आकांक्षी देखिएका छन् ।
३० हजारबढी सदस्य भएपनि हजार बढी प्रतिनिधि सहभागी महाधिवेशन फागुन १४ गते समापन चल्नेछ ।