सारांश
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत कसैलाई लक्षित गर्दै उम्किने सपना नदेख्न चेतावनी दिएका छन्।
फेसबुकमा स्टाटस लेख्दै उनले सही समय आएपछि सबैको गलत समय आउने भन्दै एक–दुई जना उम्किन खोजेर नहुने बताएका हुन्।
उनले लेखेका छन्, ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’
प्रधानमन्त्री शाहले उक्त अभिव्यक्ति कसलाई वा कुन घटनालाई लक्षित गरेर दिएका हुन् भन्ने खुलाएका छैनन्।
न्युजरुमबाट पत्रकार पक्राउ परेको घटनालाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेको र सरकारसँग जवाफदेहिता माग भइरहेका बेला प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।
उनको स्टाटसमा सल्लाहकार कुमार बेनले समेत टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘सही समय भनेको कहिले हो, शनिबार आइतबार हो ?’