सारांश
एजेन्सी। रूस-युक्रेन युद्धको एक वर्ष पूरा भएको छ ।
रुस-युक्रेन युद्धको एक वर्षे कालखण्डमा दुवै देशले कम्तिमा नौदेखि १६ हजार हाराहारी सैनिक गुमाएको बताइन्छ । अमेरिकाले सबैतर्फका दुई लाख हाराहारीको ज्यान गएको अनुमान गरेको छ । लाखौं विस्थापित भएका छन् ।
यसरी भयो युद्धको सुरुवात
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष फेब्रुअरी २४ गते बिहान युक्रेनमाथि आक्रमणको घोषणा गरेका थिए । उक्त क्रममा उनले उक्त आक्रमणलाई विशेष सैन्य अपरेशनको संज्ञा दिए । जसको मुख्य लक्ष्य थियो- ‘युक्रेनलाई निशस्त्रीकरण र डि-नाजीफाइ’ गर्नु । युक्रेनको सरकारले सन् २०१४ देखि पूर्वी डोनबास क्षेत्रका रुसी भाषी नागरिकको नरसंहार गर्दै आएको रुसको दाबी छ । सन् २०१४ मा रुसले क्रिमिया प्रायःद्वीपलाई एक जनमतसंग्रह गरेर आफूमा गाभेको थियो ।
रुसले आक्रमण गर्नु पछाडिको एकमात्र उद्देश्य युक्रेनलाई कब्जामा लिनु रहेको पश्चिमी सहयोगीहरुको दाबी छ ।