सारांश
काठमाडौं । पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अर्को ह्याट्रिक पूरा गरेपछि अल नासरले डेमाक एफसीलाई सहजै पराजित गरेको छ ।अल नासरले घरेलु टोली डेमाक एफसीलाई ३–० ले पराजित गरेको हो ।
रोनाल्डोले अल नासरका लागि दोस्रो तथा आफ्नो करिअरको ६२औं ह्याट्रिक पूरा गरेका हुन् ।
यो जितसँगै अल नासर १८ खेलबाट ४३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । अल नासरले दोस्रो स्थानको अल इतिहादलाई २ अंकले पछि पारेको छ । पराजित डेमाक २२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।