सारांश
एजेन्सी । फेब्रुअरी ६ मा टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ ।
टर्कीको प्रकोप उद्धार एजेन्सीले देशमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४४,२०० नाघेको जनाएको छ । सिरियामा यसका कारण ६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा भूकम्पका कारण एक लाख ६० हजारभन्दा बढी भवन या त ध्वस्त भएका छन् ।