Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

रिहा भए पल शाह


सारांश

रिहा भए पल शाह
images

काठमाडौं । नायक पल शाह सोमबार तनहुँ जिल्ला कारागारबाट पल का छन् । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलमोल वाग्लेका अनुसार कानुनी प्रक्रिया पूरा गरी उनी रिहा भएका हुन् ।

गत वर्ष पलविरुद्ध नाबालिगलाई बलात्कार गरेको किटानी जाहेरी परेको थियो । त्यसपछि उनले गत वर्षको फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

जिल्ला अदालत तनहुँले उनलाई बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुर्व्यवहारमा दुई वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । सोही फैसलालाई उच्च अदालत पोखराले आइतबार उल्टाउँदै पललाई सफाइ दिएको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij