सारांश
एजेन्सी । लियोनल मेसीले फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अवार्ड जितेका छन्।
उत्कृष्ट तीनमा परेका फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अर्जेन्टिना र पेरिस सेन्ट जर्मेनका फरवार्ड मेसीले अवार्ड हात पारेका हुन्।
मेस्सीले कप्तानीमा अर्जेन्टिनालाई कतारमा विश्वकपको उपाधि दिलाएका थिए । मेस्सीले २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।
फिफाका सदस्य राष्ट्र, प्रशिक्षक र पत्रकारको मतका आधारमा विजेता छनोट गरिएको फिफाले जनाएको छ।