Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

विश्वकप लिग टु : नेपालआज युएईसँग खेल्दै


सारांश

विश्वकप लिग टु : नेपालआज युएईसँग खेल्दै
images

काठमाडौं । नेपाली दुई क्रिकेट टोलीले आज घरेलु टोली युएईविरुद्ध महत्वपूर्ण खेल खेल्दैछन् । नेपालको सिनियर टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ ः ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

नेपालको यू–१९ टोलीले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत युएईसँग खेल्दैछ । खेल आजमानमा रहेको इडेन गार्डेन ओभलमा नेपाली समय अनुसार विहान १०: ४५ मा सुरु हुनेछ ।

नेपालले २०२४ को यू-१९ विश्वकप खेल्न युएईलाई हराउनु पर्ने हुन्छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियमबाट आजमान ६२ किलोमिटर टाढा छ । यू-१९ खेल एक घण्टा अघि सुरु हुन्छ । आजमान खेल्ने नेपाली यू१९ टोली विजयी भए विश्वकपमा पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij