Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

ए डिभिजन लिग फुटबलमा एपीएफको विजयी सुरुवात


सारांश

ए डिभिजन लिग फुटबलमा एपीएफको विजयी सुरुवात
images

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सुखद् सुरुआत गरेको हो । एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एक÷एक गोल गरे । 

त्यस्तै नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले पनि लिगमा विजयी सुरुवात गरेको छ। च्यासल मैदानमा शनिबार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो। चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक एक गोल गरे। पुलिसका रबि पासवानले एक गोल गरे।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij